arrow

मनाइँदै अन्तर्राष्ट्रिय ओलम्पिक दिवस, ११ जनालाई अवार्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
noc-81-3-6.jpg

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी एनओसीले विभिन्न ११ विधामा एनओसी अवार्ड आइतबार प्रदान गर्ने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस (जुन २३) का अवसरमा एनओसीले ठमेलस्थित एलोफ्ट होटलमा हुने एक कार्यक्रमबीच अवार्ड प्रदान गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा एनओसीका सदस्यसमेत रहेका अवार्ड आयोजक कमिटीका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले जानकारी दिए ।

तेश्रो संस्करणको अवार्डमा एनओसी उत्कृष्ट पारा खेलाडी, एनओसी उत्कृष्ट पुरुष–महिला खेलाडी, एनओसी उत्कृष्ट पुरुष–महिला प्रशिक्षक र एनओसी उत्कृष्ट संघलाई अवार्ड प्रदान गरिने छ । पारा विधा पहिलोपटक समावेश गरिएको हो ।

त्यस्तै खेलकुद पत्रकारितातर्फ छापा, अनलाइन, टेलिभिजन र फोटो विधामा ४ जनालाई पुरस्कृत गरिने छ । १० विधाका विजेतालाई प्रशंसा पत्रसहित जनही ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । 

सोही अवसरमा ‘एनओसी प्रेसिडेन्ट रिकोग्निसन’ पनि प्रदान गरिने एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले जनाएका छन् । यो सम्मानको भने पुरस्कार राशि राखिएको छैन । 

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले कार्यक्रमले ओलम्पिकको मूल्य र मान्यतालाई स्थापित गराउन र खेलकुदको विकासमा टेवा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ