arrow

डा केसी अनशन प्रकरणः त्रिवीका उपकुलपतीमाथि छानविन गर्न समिति बनाइने

चिकित्सा शास्त्र अध्ययन संस्थानमा ३ दिनभित्र नयाँ डीन पठाइने

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
kc-new-gharti.jpg.jpeg
काठमाडौँ। बीस दिनदेखि अनसनरत डा गोविन्द केसीले उठाएका मागहरुलाई सम्बोधन गर्न सरकार तयार भएपछि डा केसी अनसन तोड्नका लागि सकारात्मक देखिएका छन्।  डा केसीले उठाएका मागका सम्बन्धमा राति अवेरसम्म शिक्षा मन्त्रालयमा भएको वार्तामा दुवै पक्ष सहमति नजिक पुगेका छन्। 
 
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा मुक्तिराम श्रेष्ठका अनुसार वार्ता जारी छ र दुई वार्ता टोलीबीच १० बुँदे सहमतिपत्रसमेत तयार भएपनि हस्ताक्षर हुन भने बाँकी रहेको छ । 
 
सहमतिका लागि वातावरण बनाउन केही दिनअघि नियुक्ति भएका चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन डा केपी सिंहले राजीनामा दिइसकेका छन् भने आगामी तीन दिनभित्र अर्को डीन नियुक्त गर्नेलगायत विषयमा सहमति भएको छ । 
 
वार्तामा सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठलगायत त्रिवि उपकुलपति डा तीर्थ खनियाँ वार्तामा सहभागी छन्। 
 
त्रिविका उपकुलपति तीर्थ खनियाँको राजीनामाका विषयमा नै वार्ता केन्द्रित हुँदा वार्ता लम्विएको हो। वार्तामा खनियाँले राजीनामा दिन मानिरहेका छैनन। खनियाँले राजीनामा दिन नमानेको अस्थामामा उनी माथि छानविन गर्न समिति बनाउने तयारी सरकारी पक्षको छ। छानविन समितिको प्रतिवेदनको आधारमा उनीमाथि कार्वाही गरेर उपकुलपतिबाट हटाउने तयारी सरकारको छ। मध्यरातसम्म जारी रहेको वार्ता शनिवार फेरि बस्ने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ