arrow

केजरीवालको जमानतविरुद्ध ईडी पुग्यो उच्च अदालत 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
kejariwal-arvind-cm-delhi-jail.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मदिरा नीति प्रकरणमा मुछिएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने ट्रायल कोर्टको आदेशविरूद्ध प्रवर्तन निर्देशनालय(ईडी) ले दिल्ली उच्च अदालतमा रिट दायर गरेको छ ।

ईडीले यस मुद्दाको तुरुन्त सुनुवाइ गर्न माग गर्दै रिट दायर गरेको छ भने उच्च अदालतले ईडीको याचिका सुन्न तयार भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यो सुनुवाइपछि मात्रै अरविन्द केजरीवाल शुक्रबार रिहा हुने कि नहुने स्पष्ट हुनेछ । केजरीवललाई राउज एभिन्यू अदालतले बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको थियो ।

दिल्लीको रक्सी नीति घोटालाको मनि लान्ड्रिंग मुद्दामा अदालतले जमानत दिएको थियो । बिहीबार ईडीले जमानत विरुद्ध अपील गर्न ४८ घण्टाको समय मागेको थियो तर राउज एभिन्यू अदालतले सो अस्वीकार गर्दै शुक्रबार उच्च अदालतले यो विषयमा हेर्न सक्ने बताएको थियो । 

अदालतले दिल्लीका मुख्यमन्त्रीलाई १ लाख रुपैयाँको जमानत बुझाउन भनेको छ । 

यसअघि सर्वोच्च अदालतले केजरीवाललाई लोकसभा चुनावका लागि २१ दिनको अन्तरिम जमानत दिएको थियो । केजरीवाल सर्वोच्च आदेश अनुसार जुन २ मा जेलमा हाजिर भएका थिए । उनी २१ मार्चमा पक्राउ परेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ