arrow

केजरीवालको जमानत तत्काललाई टर्‍यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
arvind-kejariwal-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । मदिरा घोटाला प्रकरणमा मुछिएका दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको जमानत तत्कालका लागि टरेको छ । केजरीवाललाई जमानत दिने ट्रायल कोर्टको आदेशविरूद्ध प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली उच्च अदालतमा रिट दायर गरेपछि उच्चले तत्कालका लागि जमानतमा रोक लगाएको हो । 

ईडीले यस मुद्दाको तुरुन्त सुनुवाइ गर्न माग गर्दै रिट दायर गरेकामा उच्च अदालतले ईडीको याचिका सुन्न तयार भएसँगै तत्कालका लागि जमानत टारिदिएको हो । 

सुनुवाइ चलुन्जेल केजरीवाल रिहा हुने छैनन् भने त्यसपछि उच्चले आदेश दिनेछ । 

केजरीवललाई राउज एभिन्यू अदालतले बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको थियो ।

दिल्लीको रक्सी नीति घोटालाको मनि लान्ड्रिंग मुद्दामा अदालतले जमानत दिएको थियो । बिहीबार ईडीले जमानत विरुद्ध अपील गर्न ४८ घण्टाको समय मागेको थियो तर राउज एभिन्यू अदालतले सो अस्वीकार गर्दै शुक्रबार उच्च अदालतले यो विषयमा हेर्न सक्ने बताएको थियो । 

अदालतले दिल्लीका मुख्यमन्त्रीलाई १ लाख रुपैयाँको जमानत बुझाउन भनेको थियो । 

यसअघि सर्वोच्च अदालतले केजरीवाललाई लोकसभा चुनावका लागि २१ दिनको अन्तरिम जमानत दिएको थियो । केजरीवाल सर्वोच्च आदेश अनुसार जुन २ मा जेलमा हाजिर भएका थिए । उनी २१ मार्चमा पक्राउ परेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ