arrow

मोदीको सहभागितामा कश्मीरमा योग दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
yog-kashmir-2024.jpg

श्रीनगर । भारतको कश्मीरको मुस्लिम बाहुल्यता भएको क्षेत्रमा हजारौँ व्यक्तिको सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भारत प्रशासित कश्मीरको राजधानी श्रीनगरमा आयोजना गरिएको योग दिवसमा सहभागिता जनाएका छन् । यो दिनले १०औँ अन्तर्राष्ट्रिय योग दिवसलाई चिह्नित गरेको छ । 

योग आफैँमा धार्मिक अभ्यास नभए पनि यसको उत्पत्ति हिन्दू दर्शनबाट भएको विश्वास रहेको छ र भगवान शिव पहिलो योगी मानिनुहुन्छ । कश्मीरका धेरै बासिन्दाहरू यो अनुशासनसँग अनजान छन् ।

यस कार्यक्रमका लागि कश्मिरभरिका हजारौँ सरकारी कर्मचारी, शिक्षक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।  

योग दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “योगले शक्ति, र स्वास्थ्यलाई बढावा दिन्छ, त्यसैले डल तालको किनारमा बसोबास गर्ने प्रहरी र सशस्त्र सेनाका कर्मचारीसहित सयौँ व्यक्तिलाई योगलाई ‘आफ्नो दैनिक जीवनको हिस्सा’ बनाउनुपर्छ ।”

कश्मीरमा स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै विभिन्न विद्रोही समूहले सन् १९८९ देखि आन्दोलन गर्दै आएका छन् ।
 
एक दशकअघि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरिएको थियो र त्यसपछि मोदीले भारतका प्रतीकात्मक स्थानहरूमा योग कार्यक्रमको नेतृत्व गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ