arrow

भेनेजुएला र मेक्सिकोको कोपा अमेरिकामा विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ९ आइतबार
copa-america-2024-eq-ven.jpg

काठमाडौँ । कोपा अमेरिका फुटबलमा भेनेजुएला र मेक्सिकोले विजयी शुरुआत गरेका छन् । आइतबार बिहान सम्पन्न खेलमा भेनेजुएलाले इक्वेडरमाथि कमब्याक जित हासिल गरेको हो । 

भेनेजुएलाले इक्वेडरलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । १–० ले पछि परेको भेनेजुएलाका लागि झोंडर काडिज र एडुआर्ड बेल्लोले एक एक गोल गरेका थिए । त्यसअघि इक्वेडरका लागि जेरेमी सार्मिमेन्टोले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए ।

यस खेलमा खेलको २२औँ मिनेटमा नै इक्वेडरका इन्नर भलेन्सियाले रातो कार्ड पाएपछि इक्वेडर १० खेलाडीमा खेलेको थियो । यो जितपछि समूह बी मा भेनेजुएलाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । 

त्यस्तै आजै सम्पन्न अर्को खेलमा मेक्सिकोले जमैकालाई १–० गोल अन्तरले पराजित गरेको छ । मेक्सिकोका लागि खेलको ६९औँ मिनेटमा गेरार्ड़ो आर्टिगाले खेलको एक मात्र गोल गरेका थिए । यो जितपछि समूह बी मा मेक्सिकोले ३ अंक हासिल गरेको छ ।
       



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ