arrow

कीर्ते गरेर नेपाली नागरिकता बनाउने भारतीयहरु धमाधम प्रहरीको फन्दा

logo
कुमाेद अधिकारी,
प्रकाशित २०७३ मंसिर १८ शनिबार
nagarikta.png
विराटनगर । कीर्ते गरेर नागरिकता बनाउनेलाई रंगेली प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । सीमा जोडिएको क्षेत्रहरुमा मौकाको फाइदा लिई झुुठो विवरण पेश गरेर नेपाली  नागरिकता बनाएको गुुनासो आएपछि प्रहरीले कीर्ते नागरिकता बनाउने उपर कारबाही बढाएको हो । 
 १६ वटा गाउँ विकास समिति र एक नगरपालिकामा शान्ति सुुरक्षामा खटिँदै आएको इलाका प्रहरी कार्यालय रंगेलीले अहिले कीर्ते   नागरिक बनाउनेहरुलाई समेत पक्रन सफल बनेको छ ।
 
प्रहरीले युुनिट नै बनाएर कीर्ते गरेर नागरिकता बनाउनेहरुको खोजी गर्न थालेको छ । केही राजनीतिक दल तथा गाउँ विकास समितिका पदाधिकारीकै सहयोगमा सीमावर्ती क्षेत्रका भारतीयहरुले नेपाली नागरिकता बनाएको पाइएको छ । उनीहरुले  नेपाल र भारतको दोहोरो नागरिकता लिएका छन् । 
 
कीर्ते गरेर नागरिकता बनाउने केही महिनायता रंगेली प्रहरीले दुुईजना भारतीयलाई पक्राउ गरेको छ । २०६३ सालमा आएको  नागरिकता टोलीसँग मौकाको फाइदा लिँदै भारतीयहरुले नेपाली नागरिकता बनाएको व्यापक गुुनासो आएपछि प्रहरी सकृय भएर कीर्ते नागरिकताको खोजीमा जुुटेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अविचन्द्र रिजालले बताए ।
 
कीर्ते नागरिकता बनाउनेहरुलाई पक्राउ गर्न अभियान नै बनाएर लागेकाले त्यसमा प्रहरी सफल बन्दै गएको प्रहरी निरीक्षक रिजालको दाबी छ ।
 
इलाका प्रहरी कार्यालय अन्तर्गतका सीमावर्ती गाउँ विकास समितिको स्थायी बासिन्दा भन्दै भारतीयहरुले नेपाली नागरिकता बनाउने गरेको खुुल्न आएको छ । नेपालमा रहेका नाता कुुटुुम्बलाई बुुवा र काका बनाएर भारतीयहरुले नेपाली नागरिकता लिने गरेको पाइएको छ । 
धेरैजसो दोहोरो नागरिकता लिनेहरु प्रहरीको नियन्त्रणमा आइसकेकाले दोहोरो नागरिकता लिनेहरु सबै पक्राउ पर्ने प्रहरी निरीक्षक रिजालको भनाइ छ ।  
 
यसैबीच झुुठो विवरण पेश गर्दै कीर्ते गरी नेपाली नागरिकता बनाउने एकजना भारतीयलाई रंगेली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया जिल्ला सिकटी थाना हटियाका प्रदिपकुुमार साह रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
३४ वर्षीय साहले भारतीय नागरिकता हुुदाँ पनि नेपालबाट झुुटो विवरण पेश गरेर नागरिकता बनाएको पाइएकाले उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रिजालले बताए । 
 
नेपाल र भारत दुवैतिर बसोबास गर्दै आएका साहले २०६३ सालमा आएको नागरिकता टोलीबाट मोरङ नोचा–५ को स्थायी बासिन्दा भन्दै नागरिकता बनाएको पाइएको प्रहरी निरिक्षक रिजालले बताए । व्यापारी समेत रहेका साह नेपाल र भारत दुुवैतिर बस्दै आएका छन् । 
साहलाइ झुुठो नागरिकता बनाएकोमा साहउपर मुुद्दा अघि बढाएको छ । नागरिकता बनाउन सहयोग गर्ने अन्यको खोजी समेत भइरहेको प्रहरीले जनाएको छ । 
 
यसैगरी केही महिनाअघि नेपाली नागरिकता बनाउन खोज्ने एकजना भारतीयलाई समेत पक्राउ गरी प्रहरीले कारबाही अगाडि बढाएको छ  । झुुठो विवरण पेश गरी रंगेली नगरपालिकाबाट सिफारिस लिने क्रममा  भारतीयलाई प्रहरीले पक्राउ गरेको थियो । 
 



नयाँ