arrow

कोपा अमेरिकामा उरुग्वेको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
copa-am.jpg

काठमाडौँ । उरुग्वेले कोपा अमेरिका फुटबलमा विजयी शुरुआत गरेको छ । समूह सी अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा उरुग्वेले पानामालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा म्याक्सिमिलियानो अराउजो, डर्विन नुनेज र माटियास भिनाले एक एक गोल गरेका थिए । त्यस्तै पानामाका लागि एक गोल माइकल अमिर मुरिलोले गरेका थिए ।

यो जितपछि उरुग्वेले समूह सीमा महत्वपूर्ण ३ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेको छ । अब उरुग्वेले दोस्रो खेलमा जुन २८ मा बोलिभियाको सामना गर्नेछ भने पानामाले सोही दिन अमेरिकासँग खेल्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ