arrow

अनसनरत केसीको पक्षमा माईतीघरदेखि बानेश्वरसम्म प्रदर्शन

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
Bhattarai-with-kc.jpeg
काठमाडौं । स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको माग गर्दै २१ दिन देखि आमरण अनसन बसिरहेका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको समर्थन जनाउँदै उनका समर्थकहरुले राजधानीमा प्रदर्शन गरेका छन् । 
 
सोलिडारिटी फर गोविन्द अलाईन्स, विवेकशील नेपाली लगायतको आग्रहमा डा. केसीका समर्थकहरुले नयाँ वानेश्वरसम्म पुगेर कोण सभा गरेका थिए । उनीहरुले अनसनरत डा. केसीको माग यथाशीघ्र पूरा गर्न पनि सरकारसँग माग गरेका थिए । 
 
प्रदर्शनमा राजनीतिक दल, नागरिक अभियन्ता, विद्यार्थी, डाक्टरलगायतलाई डाकिएको अलाईन्सले जनाएको छ । प्रदर्शनमा नयाँ शक्ति नेपालका स‌ंयाेजक बाबुराम भट्टरार्इले पनि सहभागिता रहेकाे थियाे । 
 
अलाइन्सले विहान ११ बजे माइतीघरमा भेला भएर बानेश्वरसम्म हिँडेर प्रदर्शन गर्ने कार्यतालिका राखेको थियो । 
 
डा. केसीको माग अनुरुप चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा नियुक्त डिन केपी सिंहले राजीनामा दिईसकेका छन् । 
 
तर, डा. केसीले डिनको राजीनामा सँगसँगै नयाँ डिन नियुक्ति र त्रिवि उपकुलपति तीर्थ खनियाँको बर्खास्ती माग गरेपछि उनलाई अनसन तोडाउन शुक्रबार राती अबेर सम्म भएको त्रिपक्षीय वार्ता पनि विना निष्कर्ष टुङ्गिएको छ ।
 
वार्ताको लागि शनिबार पनि बैठक बस्ने भनिएको थियो । केसीका माग पूरा गराउन थप दबाद दिने उद्देश्यले प्रदर्शन गरिएको अलाईन्सले जर्नाको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ