arrow

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा अग्रवाल नियुक्त

स्वास्थ्य मन्त्री थापालाई भेटेर डा केसी भए आश्वस्त

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
17th-day-hunger-strike-kc-gagan.jpeg
काठमाडौँ। बीस दिनदेखि अनसनरत डा गोविन्द केसीले उठाएका मागहरुलाई सम्बोधन गर्न सरकार तयार भएको छ। सरकारले केसीको माग अनुसार नै बरिष्ठताको आधारमा प्राध्यापक जगदिशचन्द्र अग्रवाललाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको डीनमा शनिवार नै नियुक्त गरेको छ। 
 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आजैको मितिदेखि लागू हुनेगरी आइओएमको डीनमा अग्रवाललाई नियुक्त गरेको हो। डीन नियुक्ति र अन्य मागमा सम्झौता नजिक भएकाले डा केसीको अन्सन पनि आजै तोडिने तय भएको छ। डा केसीको ज्यानभन्दा ठूलो कुरा पद नभएको भन्दै नवनियुक्त डीन केपी सिंहले शुक्रबार राजीनामा दिएका थिए।
 
यसअघी ३ दिनभित्र नियुक्त गर्ने सरकारले प्रतिवद्धता जनाएपनि केसी पक्षधरले तत्काल नियुक्त गर्नुपर्ने माग राखेका थिए। सरकारले आफ्नो माग पुरा गरेपछि डा केसी अनसन तोड्नका लागि सकारात्मक देखिएका छन्। डा केसीले थप आश्वस्त हुन स्वास्थ्यमन्त्री गगन थापासँग कुरा गरेका थिए। उनीहरु दुईबीच एक्का एक्लै वार्ता भएको थियो। 
 
स्वास्थ्यमन्त्री थापाले डा केसीलाई भेटेर सरकार माग पूरा गर्न तत्पर रहेको जानकारी गराएका हुन्। मन्त्री थापाले सो क्रममा उनले अन्सन तोड्न आग्रह गरेका थिए। मन्त्री थापासँग डा केसीले सरकारले आइओएममा नयाँ विद्यार्थी होस्टेल बनाउन पहल गरिदिनुपर्ने माग गरेका थिए। त्यसको जवाफमा मन्त्री थापाले त्यसका लागि सरकारले तत्कालै काम थाल्ने वचन दिएका थिए।
 
डा केसीले उठाएका माग हेर्दा स्वास्थ्य क्षेत्रको भएपनि प्रत्यक्ष रुपमा शिक्षा मन्त्रालयको मातहतको विषय थियो। तर लामो समय अनशनमा रहँदा पनि समस्याको समाधान ननिस्केपछि प्रधानमन्त्रीले शिक्षा मन्त्रालयले हेर्नुपर्ने भएपनि यो विषयलाई टुङगोमा पुर्‍याउन स्वास्थ्यमन्त्री गगन थापालाई जिम्मा दिएका थिए। शुक्रवार विहान थापालाई प्रधानमन्त्रीले जिम्मा दिएपछि उनले तत्काल पहल शुरु गरेका थिए।
 
थापाले लगत्तै विभिन्न वैठकहरु गरेका थिए। उनले शिक्षा मन्त्रालयमा शुक्रवार राती १वजे भन्दा ढीलोसम्म सरकार र डा केसीका प्रतिनिधीहरुसँग छलफल गरेका थिए। शिक्षा मन्त्रालयमा भएको सो वार्तामा भने शिक्षा मन्त्री भने अनुपस्थित थिए। उनले केसीको मागलाई पुरा गर्न सक्ने नदेखिएपछि उनको जिम्मेवारी प्रधानमन्त्रीले थापालाई जिम्मा लगाएका थिए। थापाले सो जिम्मेवारी पाए लगत्तै शिक्षामन्त्री डिआर पौडेल भने काठमाडौं बाहिर गएका थिए। उनी शुक्रवार र शनिवारको कुनै पनि वैठकमा सहभागि भएनन। 
 
शनिवार डीनको नयाँ नियुक्तीमा कुलपती तथा प्रधानमन्त्रीको सहि गराएर स्वास्थयमन्त्री थापाले त्यसकोप्रति डा केसीलाई उपलव्ध गराएका थिए। यसका लागि उनले माओवादी केन्द्रको हेर्डक्वाटरको वैठकस्थल प्रचण्डनिवासमै गएर डीन नियुक्तीको पत्रमा सहि गराएका थिए। त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका एक बरिष्ठ चिकित्सकले मन्त्री थापालाई सरकारले जिम्मा दिएर काम गरेको भए सायद यति ढीलो नहुने उनले लिएकव तदारुकताले देखिएको बताए। जे होस ढीलो भएपनि राम्रो काम भएको छ उनले सन्तोष व्यक्त गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ