arrow

रकम राज्य सत्तामा बस्नेहरूबाटै लुटियो

संसदीय समिति सहकारी ठगलाई बचाउन बनेको समिति हो -चित्रबहादुर केसी [भिडियो]

हातले दिएर खुट्टालाई दुःख, अब त सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको छ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १० सोमबार
chitrabahadur-kc-03-10.jpg

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति सहकारी ठगलाई बचाउन बनेको बताएका छन् । सोमबार काठमाडौँमा सहकारी पीडितहरूको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले नागरिकले भविष्यका लागि दुःख गरेर जम्मा पारेको रकम राज्य सत्तामा बस्नेहरूबाटै लुटिएको बताए । 

उनले राज्य सत्तामा बस्नेहरूले ठुलो आन्दोलन नगरी सहकारीबाट लुटिएको रकम नदिने बताए । उनले नेपाली जनताको पसिना राज्य सत्तामा बस्ने र राज्यसत्ताको आडमा लुटिएको बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको भन्दै आपत्ति जनाए । 

उनले भने, ‘एउटा नेपाली उखान छ, हातले दिएर खुट्टालाई दुःख भनेजस्तो तपाईँहरूले खाइ नखाई भोलि बुढेसकाललाई चाहिएला, बिरामी हुँदा चाहिएला, छोराछोरी पढाउन चाहिएला भनेर सहकारीमा जम्मा गरेको रकम आज राज्य सत्तामा बस्नेहरूले नै लुटेका छन् । तपाईंहरुसँग आएर जति पनि मिठा कुरा गरे पनि आन्दोलन बेगर यिनीहरू डराउने वाला छैनन् । यनीहरु पल्किसकेका छन् । नेपाली जनताको पसिना राज्य सत्तामा बस्नेहरूले, राज्य सत्ताको आडमा नेपाली जनताको पसिनामा पौडी खेल्न पाइँदैन, नेपाली जनताले एक एक हिसाब गर्दछन् भनेर सदनमा बन्दै आएको छु । अब त सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको छ । जसले कारबाही गर्ने हो, त्यही ठाउँमा राखेपछि यी राजनीतिक पार्टीहरूले के गर्दछन् । यो समिति सहकारी ठगलाई बचाउन बनेको समिति हो ।’
उनले अहिलेका राजनीतिक दलहरूले देश र जनताको लागि केही काम गर्न नसक्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ