arrow

भारतीय राजदूत रायसँग मधेसका नेताको खानासहित भेट, यस्तो भाे कुरा

भारत त के हामी कसैले भनेको मान्दैनौ, हामीलाई नेपालमा बसेर राजनीति गर्नु छ : यादव

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
Ranjit-raye-new.jpeg

काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजीत रायले मधेस केन्द्रित दलका शीर्ष नेताहरुसँग दूतावासमा लन्च भेट गरेका छन् । रायले शुक्रबार मधेस केन्द्रित सबै दलका शीर्ष नेतालाई शनिबार बिहान खानासहितको भेटका लागि निम्ता गरेका थिए ।

भेटमा रायले समसामयिक राजनीतिक विषय र तराई मधेसको विकासका सन्दर्भमा कुरा गरेका तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले हाम्राकुरालाई बताए । उनले भने, ‘भेट घाट भयो । धेरै लामो भएन एक डेढ घण्टामै सकियो ।’ लन्चसहितको भेट थियो । यसरी भेट गर्ने हाम्रो प्रचलन नै हो नि !

भेटमा संशोधन विधेयकको समर्थन गर्न मधेसी मोर्चाका शीर्ष मनेतालाई रायले ‘दबाब’ दिएका छन् । यद्यपि, यादवले संविधान संशोधनका विषयमा कुरा गरेपनि आफुहरुलाई कुनै प्रकारको दबाब नदिएको बताए ।

राजदूत रायले सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई समर्थन गर्न दबाब दिएका स्रोतले बताएको छ । संविधान संशोधन प्रस्तावलाई परिमार्जन नगरेसम्म मोर्चाले स्वीकार नगर्ने बताएपछि राजदूत रायले चासो राखेका हुन् ।

जवाफमा मोर्चाका नेताहरुले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव सकारात्मक भएको उल्लेख गर्दै त्यसलाई थप परिमार्जन गरिए आफूहरुलाई स्वीकार्य हुने बताए । राजदूत रायले अहिलेको अवस्थामा सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्तावलाई समर्थन गर्नु उचित हुने बताए ।

विकास निर्माणका विषयमा बढी चासो
तमसपा अध्यक्ष यादवले भने, ‘समसामयिक विषयमा कुटनीतिक निकायका व्यक्तिले चासो राख्नु स्वभाविकै हो । कुराकानी भयो । तर, विकास निर्माणबारे गम्भीर कुरा भयो ।’ यादवका अनुसार रादूत रायले हुलाकी सडक, महाकालीको आठ लेनको पुल निर्माण र उत्तर–दक्षिण राजमार्ग निर्माणमा बढी चाँसो देखाए । अहिले नेपाल भारतको एउटा संयन्त्र नै बनेको छ, यादवले थपे, ‘संयन्त्र सक्रिय भएन नभएको र काम भए नभएकोबारे साच्ने बेला आएको भनेका थिए ।

हामी कसैले भनेको मान्दैनौ, हामीलाई नेपालमा बसेर राजनीति गर्नु छ
अध्यक्ष यादवले आफुहरुले अहिले सम्म कसैको सल्लाह नमानेको भन्दै भेटघाट सामान्य भएको बताए । उनले तर्क गर्दै भने, ‘हामीले भारतले भनेको कहिले मानेका छौं र ? हामीले आफ्नै खुट्टामा बञ्चरो कसरी हान्न सक्छौं ? मधेसको समस्याबारे हामी आफै संवेदनशील छौं ।’

हामीले कसैको कुरा मानेका छैनौं, यादवले थपे, ‘कमल थापाले दिल्ली लगेर बुझाएको चार बुँदेबारे कसैले कुरा गर्दैनन् ? हामीलाई मात्र किन लखेट्ने काम गरिन्छ । दूतावासमा अन्य दलका नेता पनि आउँछन् । दिल्लीमै गएर सम्झौता गरिदिन्छन् । के हामीलाई नेपालमा बसेर राजनीति गर्नु छैन र ?’  संविधान संशोधनको कुरा गर्न हुन्छ भने, हामीले यथास्थितिमा सहयोग गर्न नसक्ने भनिसकेका छौं ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ