arrow

विवादकाबीच जीतपुरसिमरा उपमहानगरले ल्यायो बजेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
jitpur-simara-upamahanagarp.jpg

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगरसभामा विवादकै बीचमा आर्थिक वर्ष २०८१/८२ का लागि रु दुई अर्ब १० करोड ५० लाखको बजेट ल्याएको छ । 

सोमबार भएको नगरसभाको १०औँ बैठकमा उपप्रमुख भोलाप्रसाद अधिकारीसहित सदस्यहरु विरोधमा उत्रिएपछि कार्यपालिका सदस्य रामप्रसाद लामिछानेले बजेट पेस गरेका हुन्। चालु आवको बजेटभन्दा रु ५७ करोड तीन लाख घटाएर बजेट ल्याइएको हो । 

उपप्रमुख भोलाप्रसाद अधिकारीले नगरसभाबाट कानुनी प्रक्रियाअनुसार नीति तथा कार्यक्रम र बजेट पारित नभएको दाबी गरे । ‘‘कार्यपालिकाको बोर्ड बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्ने थियो । वडागत बजेटको सिलिङ पारित हुनुपर्ने, बजेटको आकार र प्रकारमा छलफल हुनुपर्ने थियो”, उनले भने। 

नगरप्रमुख राजन पौडलले भने नीति तथा कार्यक्रम र बजेट पास भइसकेको दाबी गरे । “केही पनि विवाद भएको छैन । पहिलादेखि नै प्रक्रियामा थियो । उनहरु सहभागी भइरहनुभएको थिएन । सोमबार नगरसभा सम्पन्न भएको छ । उनहरुले सोमबार तोडफोड गरे । नगरसभाबाट नीति तथा कार्यक्रम र बजेट पास भइसक्यो ।” 

कार्यपालिका सदस्य तथा वडा नम्बर १५ का अध्यक्ष रामप्रसाद लामिछानेले आगामी आवको बजेटमा ससर्त अनुदान सङ्घ र प्रदेश सरकारबाट रु ६३ करोड ४८ लाख आय हुने अनुमान गरिएको बताए। 

त्यस्तै सङ्घीय प्रदेश स्थानीय सरकारबाट प्राप्त अनुदानतर्फ रु एक अर्ब चार करोड आठ लाख चार हजार आय हुने अनुमान छ । मालपोत रजिष्टेशन, विज्ञापन कर, ढुङ्गा गिट्टी बालुवासहित राजस्व बाँडफाँट सङ्घ र प्रदेशबाटसहित रु ३७ करोड ९३ लाख ३५ हजार आय अनुमान गरिएको छ भने आन्तरिक राजस्व बैंक मौज्दातसहित रु ६७ करोड ९८ लाख ५० हजार आय हुने बजेट वक्तयमा उल्लेख गरिएको छ । 

चालु आवमा रु दुई अर्ब ६७ करोड ५३ लाख बजेट विनियोजन गरिएको थियो । सोमध्ये चालुतर्फ रु एक अर्ब २४ करोड ५५ हजार को ६२ दशमलव ५३ प्रतिशत खर्च भएको छ । त्यस्तै पुँजीगत खर्चतर्फ रु एक अर्ब ४३ करोड ५२ लाख ४४ हजार विनियोजन भएकोमा २७ दशमलव २२ प्रतिशत अर्थात रु ३९ करोड ६ लाख ७२ हजार खर्च बजेट वक्तब्यमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ