arrow

ब्रजिल कोस्टारिकासँग बराबरीमा रोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
copa-america-2024-bra-costa.jpg

काठमाडौँ । कोपा अमेरिका फुटबलमा ब्रजिलले औसत शुरुआत गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा ब्राजिल कोस्टारिकासँग गोलरहित बराबरी खेलेको हो ।

समूह डी अन्तर्गतको यस खेलको ९० मिनेटसम्मको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि एक एक अंक बाँडेका छन् ।

समूह डी अन्तर्गत आजै सम्पन्न खेलमा कोलोम्बियाले पराग्वेलाई २–१ होल अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको छ । कोलोम्बियाको जितमा डानिएल मुनोज र जेफेरसन् लेर्माले एक एक गोल गरेका थिए भने पाराग्वेका लागि जुनिलो एन्सिसोले एक गोल गरेका थिए ।

यो जितपछि कोलोम्बियाले महत्वपूर्ण ३ अंक हासिल गरेर शीर्ष स्थानमा रहेको छ भने ब्रजिल र कोस्टारिकाको एक एक अंक रहेको छ ।

अब ब्रजिलले दोस्रो खेल जुन २९ मा पाराग्वेसँग खेल्नेछ भने कोलम्बियाले सोही दिन कोस्टारिकासँग खेल्नेछ ।
       



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ