arrow

गाजामा लडाइँ छिट्टै अन्त्य हुन्छ- नेतान्याहू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
Benjamin-netanyahu.jpg

काठमाडौँ । इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्धको लडाइँ अन्त्यको निकै नजिक रहेको बताएका छन् । नेतान्याहुले रफाहमा युद्धको गहन चरण समाप्त हुन लागेको र इजरेली सेनाहरू सम्पूर्ण गाजा पट्टीमा युद्ध समाप्त गर्न नजिक रहेको बताए ।

उनले गाजा पट्टीमा चलिरहेको द्वन्द्वको अन्त्य नभई हमासका लक्ष्यहरू विरुद्धको लडाइमा कारबाही जारी रहने बताए । गाजामा उत्तरतर्फ युद्ध जारी राख्ने बताए । 

नेतान्याहुले लेबनानी सशस्त्र समूह हिजबुल्लाह विरुद्ध पूर्ण युद्ध शुरु गर्ने इजरेलको चेतावनीलाई उल्लेख गरे । उनले गाजा स्ट्रिपमा हमासलाई सत्ताबाट हटाउने र प्यालेस्टिनी एन्क्लेभमा रहेका करिब १०० बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा मात्र सहमत हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ