arrow

गोलीकाण्डमा २० जनाको मृत्यु,४६ घाइते, बुधबारसम्म शोक घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
michigan-state-university-us-gun-shoot.jpg
फाइल तस्बिर

काठमाडौँ । दक्षिणी रुसको गणतन्त्र दागेस्तानमा आइतबारको आक्रमणमा मृत्यु हुनेको संख्या २० पुगेको छ । 

जुन २३ मा मखाचकला र डर्बेन्ट शहरहरूमा आतङ्कवादी हमलाको परिणाम स्वरूप ४६ जना घाइते भएका थिए । 

तात्याना बेल्याएभाले कानून प्रवर्तन अधिकारीहरू र नागरिकहरूसहित २० जना मारिएको बताए । 

बन्दुकधारीहरू दुई अर्थोडक्स चर्चहरू एक सभाघर र तटीय शहर डर्बेन्ट र दागेस्तानको राजधानी मखाचकलाको ट्राफिक प्रहरी चौकीमा आइतबार आक्रमण भएको थियो । 

सोमबारदेखि बुधबारसम्म हमलाका पीडितहरूको सम्झनामा शोकको दिन घोषणा गरिएको छ ।



नयाँ