arrow

किर्ते गरेर नेपाली नागरिकता बनाउने भारतीय धमाधम प्रहरी फन्दामा

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ मंसिर १८ शनिबार
kirte-citizenship.jpeg

विराटनगर । किर्ते विवरण खडा गरी नागरिकता बनाउनेलाई रंगेली प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । छिमेकी भारतसँग सीमा जोडिएको क्षेत्रहरुमा मौकाको फाइदा लिई झुुठो विवरण पेश गरेर नेपाली नागरिकता बनाएको गुुनसो आएपछि प्रहरीले किर्ते नागरिकता बनाउनेविरुद्ध कारबाही बढाएको हो ।

१६ गाविस र एक नगरपालिकामा शान्ति सुुरक्षामा खटिदै आएको इलाका प्रहरी कार्यालय रंगेलीले अहिले किर्ते नागरिताधारी विरुद्धको कारबाही समेत तीब्र बनाएको छ । प्रहरीले युुनिटनै बनाएर किर्ते नागरिकता बनाउनेहरुको खोजी गर्न थालेको छ ।

केही राजनीतिक कार्यकर्ता था गाविसका पदाधिकारीकै सहयोगमा सीमावर्ती क्षेत्रका भारतीयले नेपाली नागरिकता बनाएको भेटिएको छ । उनीहरुले  नेपाल र भारतर्फ दुबैतर्फ दोहोरो नागरिकता लिएका बताइको छ ।  

रंगेली प्रहरीले किर्ते गरेर नगरिकता बनाउने दुुई भारतीयलाई पक्राउ गरेको छ । २०६३ सालमा आएको नागरिकता टोलीसंग मौकाको फाइदा लिदै भारतीयहरुले नेपाली नागरिकता बनाएको गुुनासो आएपछि  प्रहरी सक्रिय भएर किर्ते नागरिकताको खोजीमा जुुटेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अविचन्द्र रिजालले बताए ।

किर्ते नागरिकता बनाउनेहरुलाई पक्राउगर्न अभियाननै बनाएर लागेकाले त्यसमा प्रहरीले केही उलब्धि हासिल गरेको प्रहरी निरीक्षक रिजालको जिकिर छ ।

इलाका प्रहरी कार्यालय अन्र्तगतका सीमावर्ती गाविसको स्थायी  बासिन्दा भन्दै भारतीयहरुले नेपाली नागरिकता बनाउने गरेको खुुल्न आएको छ । नेपालमा रहेका नाता कुुटुुम्बलाई बुबा  र काका बनाएर भारतीयले नेपाली नागरिकता लिने गरेको भेटिएको हो ।

दोहोरो नागरिकता लिनेहरु अधिकांश प्रहरीको निगरानीमा आइसकेकाले किर्ने नागरिकता लिनेहरु सबै पक्राउ पर्ने प्रहरी निरीक्षक रिजालको भनाई छ ।  
 

साह पक्राउ
भारत अररिया जिल्ला सिकटी थाना हटियाका प्रदीपकुुमार साह पक्राउ परेका छन् । ३४ वर्षीय साहले भारतीय नागरिकता हुँदा हुँदै नेपालबाट झुुठो विवरण पेश गरेर नागरिकता वबाएको भेटिएकाले उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक रिजालले बताए ।  

नेपाल र भारत दुबैतिर बसोबासगर्दै आएका साहले २०६३ सालमा आएको नागरिकता टोलीबाट मोरङ नोचा– ५ को स्थाई बासिन्दा भन्दै नागरिकता बनाएको पाइएको प्रहरी निरीक्षक रिजालले बताए ।साह नेपाल र भारत दुुबैतिर बस्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ