arrow

अमेरिकाको द्वन्द्व रोक्ने प्रयासकाबीच इजरेलद्वारा गाजामा हमला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले आफ्ना सहयोगीहरुलाई लेबनान सीमामा हिंसा बढ्न नदिन आग्रह गरेसँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको “तीव्र चरण“ समाप्त भइरहेको बताएका थिए तर इजरेलले मङ्गलबार गाजामा पुनः बम प्रहार गरेको छ ।

हमासद्वारा सञ्चालित क्षेत्रको नागरिक सुरक्षा एजेन्सीका अनुसार इजरेली सेनाले गरेको घातक आक्रमणमा परी दुई विध्यालयका १३ जनाको मृत्यु हुनुका साथै गाजा शहरको एक घर नष्ट भएको छ।
 
इजरेलले गाजाबाट लेबनानको सिमानामा केही सैनिकहरू पुनः तैनाथ गर्ने योजना बनाएको बेला अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सोमबार देशको रक्षामन्त्रीलाई हिंसा बढ्न नदिन दबाब दिएका हुन् । 

ब्लिन्केनले “द्वन्द्वको थप वृद्धिबाट बच्न र इजरेली र लेबनानी दुवै परिवारलाई आफ्नो घर फर्कन अनुमति दिन कूटनीतिक समाधानमा पुग्ने महत्वलाई जोड दिए“, प्रवक्ता म्याथ्यू मिलरले वासिङ्टनमा रक्षामन्त्री योव ग्यालान्टसँगको बैठकपछि बताए । 

अक्टोबर ७ मा इजरेल–हमास युद्ध सुरु भएदेखि इजरेल र लेबनानको हजबोल्लाहबीच दैनिक सीमापार गोलीबारी भइरहेको छ । पछिल्लो लडाइँमा, इरान समर्थित हजबोल्लाहले सोमबार सीमापारका तीनवटा इजरेली सैन्य स्थल लक्षित आक्रमण गरेको बताएको छ। 

इजरेली सेनाले आफ्ना लडाकु विमानहरूले पूर्वी लेबनानको बालबेक क्षेत्रमा उग्रवादी पूर्वाधारमा आक्रमण गरेको बताएको छ। 

हालैका महिनाहरूमा आ–आफ्ना राष्ट्रका सीमावर्ती क्षेत्रका हजारौँ लेबनानी र इजरेली नागरिकहरू लडाइँका कारण विभिन्न देशमा शरण लिन बाध्य भएका छन्। 

“हजबोल्लाहलाई सीमाबाट हटाउनुपर्छ“, इजरेली सीमावर्ती सहर किर्यात शमोनाबाट विस्थापित ४९ वर्षीया हेलेन एबर्गेलले भने ।

गाजामा इजरेली आक्रमणले धेरै पूर्वाधार नष्ट गरेको छ र नागरिकहरु बाँच्न सङ्घर्ष गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ