arrow

भ्रष्टाचार मामलामा सीबीआईले पक्रियो केजरीवाललाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १२ बुधबार
kejariwal-arvind-cm-delhi-jail.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआई (सेन्ट्रल ब्युरो अफ इन्भेन्टिकेसन) ले गिरफ्तार गरेको छ । सीबीआईले मदिरा नीतिमा भ्रष्टाचारको आरोपमा केजरीवाललाई पक्राउ गरेको हो । 

यसअघि मदिरा नीतिमा मुद्रा अपचलन (मनि लाउन्डरिङ) गरेको आरोपमा प्रवर्तन निर्देशालय (ईडी) ले गत मार्च २१ मा गिरफ्तार गरेको थियो । 

केजरीवाल पछिल्लो ८७ दिनदेखि तिहाड जेलमा रहँदै आएका छन् । १० मेदेखि २ जुनसम्म २१ दिनका लागि भने उनी लोकसभा निर्वाचनका लागि २१ दिन पेरोलमा रहेका थिए । 

सीबीआईले गएराति ९ बजे तिहाड जेलमा पुगेर केजरीवालसँग सोधपुछ गरेको थिष्यो । 

सीबीआईले केजरीवाललाई बुधबार बिहान राउज एभेन्यु कोर्ट (ट्रायल कोर्ट) मा पेश गरेको थियो । जहाँ उनलाई सीबीआईले गिरफ्तार गरेको हो । 

नयाँ विषयमा गिरफ्तारीपछि केजरीवालले सर्वोच्च अदालतमा दिएको निवेदन पनि फिर्ता लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ