arrow

संविधान संशोधन प्रस्ताव पारित नभए पनि सरकार परिवर्तन हुँदैन : देउवा

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
Sher.jpg.jpeg

इनरुवा । काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव पारित हुने बताएका छन् ।  प्रेस युनियन सुनसरीले लौकहीमा शनिबार गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले संविधान संशोधन प्रस्ताव जसरी पनि पारित हुने बताएका हुन् ।

देउवाले अहिलेको संविधान संशोधनले समस्याको समाधान गर्ने भएकाले पारित हुने र त्यसपछि मुलुक राजनीतिक निकास तर्फ उन्मुख हुने धारणा राखे  ।

सभापति देउवाले संविधान संशोधनमा एमालेले पनि साथ र सहयोग गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नु गरे । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले संविधान संशोधन भएपछि मुलुक निर्वाचनमा जाने र शान्ति तथा स्थायित्व कायम हुने विश्वास गरे ।

देउवाले काँग्रेस १ नम्बर प्रदेशबाट सुनसरी, मोरङ र झापा टुक्राउन कुनैपनि हालतमा सहमत हुदैन भने । सभापति देउवाले भने, ‘संविधान संशोधन प्रस्ताव पारित नभए पनि सरकार परिवर्तन हुँदैन । यही सरकारले काम चल्छ ।’

सभापति देउवाले संविधान संशोधन प्रस्ताव मधेसी दलका लागि नभई मधेसी जनताका लागि भएका कारण यो प्रस्तावलाई सबैले स्वीकार गर्नुपर्ने विचार राखे ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहता, श्रम राज्यमन्त्री दीलिप गच्छदार, पूर्व सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल, पूर्व वनमन्त्री महेश आचार्य, काँग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, सुनसरी जिल्ला सभापति राजिव कोइराला, सचिव केदार भण्डारीलगायत सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ