arrow

भेनेजुएला कोपा अमेरिकाको क्वार्टरफाइनलमा, मेक्सिको र इक्वेडरमा विजेता पुग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १३ बिहिबार
copa-america-ven-mexico.jpg

काठमाडौँ । भेनेजुएला कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ । बिहीबार बिहान सम्पन्न खेलमा भेनेजुएलाले मेक्सिकोलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेर क्वार्टरफाइनलमा पुगेको हो ।

मेक्सिको विरुद्धको जितमा खेलको ५७औँ मिनेटमा सालोमोन रोनडोनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।

यो जितपछि २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ र क्वार्टरफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ । त्यस्तै मेक्सिकोको भने २ खेलमा ३ अंक रहेको छ र समूहमा तेस्रो स्थानमा छ ।

अब भेनेजुएलाले समूह चरणको अन्तिम खेल जुलाई १ मा जमैकासँग खेल्ने छ भने मेक्सिकोले सोही दिन इक्वेडरसँग खेल्ने छ । इक्वेडरको पनि समान ३ अंक छ । लगातार दुई हारसहित जमैका भने बाहिरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ