- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गरिरहेका संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले बुधबार बताएका छन् ।
उनीहरूले दुवै पक्षलाई सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा सहयोगी भएको आरोप लगाएका छन् ।
सेना प्रमुख अब्देल फताह अल–बुर्हानको नेतृत्वमा रहेको नियमित सेना (एसएएफ) र उनका पूर्वसहायक मोहम्मद हमदान डागलोको नेतृत्वमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच एक वर्षभन्दा बढी समयदेखि युद्ध चलेको छ ।
सन् २०२३ अप्रिलमा सुरु भएको द्वन्द्वले दशौँ हजारको मृत्यु भएको छ र यसले विश्वको सबैभन्दा खराब मानवीय सङ्कटलाई जन्म दिएको छ ।
चार स्वतन्त्र संयुक्त राष्ट्र अधिकार विज्ञहरूले दुई करोड ५० लाखभन्दा बढी नागरिकहरू भोकाएका र तत्काल सहायताको आवश्यकता रहेको बताएका छन् ।
“एसएएफ र आरएसएफ दुवैले खानालाई हतियारका रूपमा प्रयोग गरिरहेका छन् र नागरिकहरूलाई भोकै मारिरहेका छन्”, खाद्य अधिकारसम्बन्धी विशेष प्रतिवेदनसहित विज्ञहरूले भने ।
उनहरूले आरएसएफ नियन्त्रण बाहिर डार्फरको अन्तिम शहर एल–फाशरको जारी घेराबन्दीमाथि प्रकाश पार्नुभएको छ । यसले लाखौँ नागरिक फँसेको थिए भने खाना र पानीको चरम अभावको बीचमा भोक र तिर्खाबाट पीडित भएका थिए ।
विज्ञहरूले ‘द्वन्द्वमा दुवै पक्षलाई आर्थिक र सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू भोकमरी, मानवता विरुद्धको अपराध र युद्ध अपराधमा संलग्न रहेको’ बताए ।
उनहरूले अन्तर्राष्ट्रिय समुदायसँग ‘मानवीय कार्यलाई तीव्रता दिन’ पनि आग्रह गरे ।