arrow

प्रचण्डकै जिद्दीमा संविधान संशोधन प्रस्ताव आएको हो : ओली

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
oli-voice-lokman-new.jpeg

काठमाडौं । प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालकै जिद्दीमा संविधान संशोधन प्रस्ताव आएको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मुलुक औचित्यका आधारमा चल्ने बताउँदै बलजफ्ती नीति र विधि मिच्न नहुने धारणा राखे । यो बलमिच्याइँले सिंगो मुलुकलाई अन्याय गरेको बताउँदै ओली एमालेलाई कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिए ।

झापाको सुखानीमा शहीद भएकाहरुको स्मृतिमा काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष ओलीले मुलुक औचित्यको आधारमा चल्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले लिने जिकिर गरे । अध्यक्ष ओलीले सुखानीका शहीदहरुको बलिदान मुलुकको परिवर्तनको मुख्य आधार रहेको तर्क गरे ।

एमालेले झापाले सुखानीमा तत्कालीन शासकले २०२९ साल फागुन २१ गते हत्या गरेका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको स्मृतिमा प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ