arrow

पाटन प्रतिष्ठानमा छानविन हुने

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
health-ministry.jpeg

काठमाडौ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएसको प्रवेश परीक्षाको नतिजामा त्रुटी भएको भन्दै विवाद सृजना भएपछि स्वास्थ्य मन्त्रालयले छानविन समिति गठन गरेको छ । 

मन्त्रालय अन्तर्गतको चिकित्सा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 
शुक्रबार गठन भएको समितिलाई पाँच दिन भित्र छानविन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्ने जिम्मेबारी दिइएको मन्त्रालयले जनाएको छ । 
 
प्रतिष्ठानले यही मंसिर १५ गते शैक्षिक सत्र २०७३÷७४को एमबिबिएस प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको थियो । प्रवेश परिक्षाको नजितामा त्रुटि भएर विवाद सृजना भएपछि स्वास्थ्य मन्त्री गगनकुमार थापाले छानविन समिति गठन गर्न लगाएका हुन् ।
 
समितिका संयोजक श्रेष्ठले आइतबार विहान समितिको बैठक बसी द्रूतगतिमा छानविन अगाडि बढाउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ