arrow

रुटे नाटोको महासचिवमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
nato.jpg.jpeg

काठमाडौँ । उत्तर एट्लान्टिक काउन्सिलले नेदरल्याण्ड्सका निःवर्तमान प्रधानमन्त्री मार्क रुटेलाई उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) को महासचिव नियुक्त गर्ने निर्णय गरेको छ । 

गठबन्धनको नेतृत्वमा रहेका जेन्स स्टोल्टनबर्गको कार्यकाल दश वर्षपछि अक्टोबर १ मा नाटोको महासचिवको रूपमा रुटेले आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । 

जुन १९ मा, रोमानियाका राष्ट्रपति क्लाउस इओहानिसले आधिकारिक रूपमा नाटोको महासचिवको दौडबाट बाहिरिने घोषणा गरे । 

फलस्वरूप रुट्टेले सबै ३२ सदस्य राष्ट्रहरूको समर्थन प्राप्त गरे । नेदरल्याण्ड्स नाटोको संस्थापक सदस्य हो । 

५७ वर्षीय डच नेता रुट्टेको डच प्रधानमन्त्रीको रूपमा १४ वर्षको कार्यकाल हप्तामा समाप्त हुनेछ । ७५ वर्ष पुरानो गठबन्धनको नेतृत्व गर्ने चौथो नेदरल्याण्ड्स्स प्रतिनिधि हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ