arrow

सरकारले राजदूत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छ - एनपी साउद

राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कूटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
np-saud-prachanda-visit.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश  एनपी  साउदले सरकारले ११ देशका राजदूत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका छन् । 

साउदले नेपालले आफ्नो कूटनीतिलाई परिपक्व भरपर्दो बनाउनुपर्ने बेलामा शक्तिशाली ११ राष्ट्रमा रहेका राजदूतहरू फिर्ता बोलाएको बताए । उनले सरकारले राजदूत फिर्ता गर्दा अन्तर्राष्ट्रिय र कूटनीतिक क्षेत्रमा नेपालको विश्वसनीयता घटेको बताए । उनले सत्ता गठबन्धनका बिचमा भागबन्डा गरेर राजदूत नियुक्त गर्दा केहीले पद अस्वीकार गरेको र केहीले राजदूत नियुक्तिका लागि विज्ञापन गर्नुले देशको प्रतिष्ठामाथि आँच पुगेको बताए । उनले नेपालको कूटनीतिक क्षमता र विश्वसनीयतासित नखेल्न सरकारसँग आग्रह पनि गरे ।

उनले भने– ‘सत्ता गठबन्धनका दलहरूले भागबन्डा गरेर राजदूत नियुक्ति गर्ने काम गरेका छन् । यसरी नियुक्ति गर्दा खेरी केही नियुक्त गरेका राजदूतहरूले हाम्रो नैतिकताले त्यो जिम्मेवारीमा बस्न मिल्दैन । त्यसकारण एउटा मापदण्ड विहीन र स्वीकृति विहीन किसिमको ठाउँमा हामीबाट स्वीकृति नलिई हामीले बस्न मिल्दैन भनेर पद परित्याग गरेको अवस्था पनि छ । केही नियुक्त भएका मान्छेहरूको कन्फ्लिक्ट अफ इन्ट्रेष्टका कुरा पनि सार्वजनिक डोमेनमा चर्चा चलिरहेको छ । केही राजनीतिक दलहरूले सरकारले नियुक्त गर्नुपर्ने यस्तो गम्भीर विषयलाई एनजिओमा मान्छे छनौटको विषयवस्तु जस्तो बनाएर सूचना र विज्ञापन निकालेर सार्वजनिक रूपमा राजदूत चयन गर्दै छन् । दलहरूले विज्ञापन निकालेर । यसले नेपालको कूटनैतिक अस्मिता, मर्यादा र विश्वमा हाम्रो प्रतिष्ठामाथि आँच पुगेको छ । त्यसकारण सरकारले आफ्नो निर्णयलाई सच्याउनुपर्छ । फिर्ता लिनुपर्छ । नेपालको कूटनीतिक क्षमता, विश्वसनीयतासित खेल्नु हुँदैन । म यो आग्रह गर्न चाहन्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ