arrow

अग्रता जोगाउन नसक्दा पानामासँग अमेरिका पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
copa-america-2024-panama.jpg

काठमाडौँ । कोपा अमेरिका फुटबलमा पानामाले अमेरिकामाथि शानदार जित हासिल गरेको छ । कोपा अमेरिका अन्तर्गत समूह सीको खेलमा पानामाले अमेरिकालाई २–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ ।

पानामाको जितमा सेसार ब्ल्याकम्यान र जोसे फजारडोले एक एक गोल गरेका थिए । त्यस्तै अमेरिकाका लागि फोलारिन बालोगनले एक गोल गरेका थिए ।

पानामाले १–० गोलले पछि परेको अवस्थमा कमब्याक गर्दै जित हासिल गरेको थियो । यस खेलमा दुवै देशका एक एक खेलाडीले रातो कार्ड पाएका थिए । खेलको १८औँ मिनेटमा अमेरिकाका टिमोथी विहले रातो कार्ड पाएका थिए भने खेलको ८८औँ मिनेटमा पानामाका अडालबेर्टो कारसक्वेलाले रातो कार्ड पाएका थिए ।

पानामाको यो जितपछि समूह सी मा २ खेलमा ३ अंक हासिल गरेको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै अमेरिकाको पनि २ खेलमा ३ अंक छ र दोस्रो स्थानमा रहेको छ ।

अब पानामाले आफ्नो समूह चरणको अन्तिम खेल जुलाई २ मा बोलिभियासँग खेल्ने छ भने अमेरिकाले सोही दिन उरुग्वेको सामना गर्ने छ ।
     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ