- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मेलम्ची । २०७८ असार १ गते । निरन्तर परेको भारी वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको थियो। हेलम्बु गाउँपालिकामा पर्ने भोम्राथाङ्ग उपत्यकामा आएको पहिरोको कारण मेलम्ची खोलामा बाढी आएको थियो ।
मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले २३ भन्दा बढी स्थानीयबासी बेपत्ता भएका थिए भने खोलामा आएको बाढीले ६० भन्दा बढी घर टहरा बगाएको थियो ।
मेलम्ची र हेलम्बुमा गरेर करौडौँको धनजनको क्षति भएको थियो । मुख्य गरी बाढीले हेलम्बुदेखि चनौटे हुँदै मेलम्ची बजारसम्म क्षति पुर्याएको थियो । बाढी गएको दुइ वर्ष बितिसक्दा पनि मेलम्ची, चनौटे बजारहरु पूर्णशैलीमा फर्किन सकेका छैनन् । (नेपाल फोटो लाइब्रेरी)