arrow

कोपा अमेरिकामा पाराग्वेमाथि ब्रजिलको फराकिलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १५ शनिबार
copa-america-2024-brazil-pa.jpg

काठमाडौँ । ब्रजिलले कोपा अमेरिका फुटबल अन्तर्गतको खेलमा पाराग्वेलाई फराकिलो अन्तरले पराजित गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा ब्रजिलले पाराग्वेलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए भने साभियो र लुकास पाक्वेटाले एक एक गोल गरेका थिए । त्यस्तै पराग्वेका लागि ओमार अलडेरेटले एक गोल गरेका थिए ।

यस खेलमा खेलको ८१औँ मिनेटमा आन्द्रेज कुबासले रातो कार्ड पाएपछि पाराग्वे १० खेलाडीमा सीमित भएको थियो ।

यो जितपछि ब्रजिलको २ खेलमा ४ अंक भएको छ र समूह डीमा दोस्रो स्थानमा छ । त्यस्तै पाराग्वेले भने लगातार दोस्रो हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

अब ब्रजिलले समूह चरणको अन्तिम खेलमा जुलाई ३ मा कोलम्बियाको सामना गर्नेछ । त्यस्तै सोही दिन पाराग्वेले कोस्टारिकाको सामना गर्नेछ ।
        



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ