arrow

सरकार र गोविन्द केसीबीच १२ बुँदे सम्झौता, अनसन आईतबार तोडिने

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
kc-new-gharti.jpg.jpeg
काठमाडौं । सरकार र अनसनरत डा. गोविन्द केसीबीच १२ बुँदे सम्झौता भएको छ । शुक्रबारदेखि नै पटक पटक सहमतिको प्रयास गरिएको भएपनि शनिबार राती ११ बजे दुई पक्षबीच सम्झौता भएको हो । सम्झौता अनुसार केसीले आईतबार विहान ९ बजे अनसन तोड्ने सहमति भएको छ । 
 
सम्झौतामा विश्वविद्यालय तथा प्रतिष्ठानको सिनेटबाट पदाधिकारी नियुक्त गर्दा वरिष्ठताको आधारमा गर्ने सहमति भएको छ । जसकको लागि आवश्यक परे मौजुदा कानून संशोधन गरिने पनि जनाईएको छ । त्यसको लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा एउटा समिति गठन गर्ने पनि उल्लेग छ । समितिलाई ३ महिनाको समय दिईएको छ । समिति १५ दिन भित्र गठन गर्नै सम्झौतामा उल्लेख छ । 
 
त्यस्तै, चिकित्सा शिक्षा आयोग गठन भई आयोगले शुल्क तोकेको अवस्थामा बाहेक एमबिबिएसतर्फ उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार तथा बिडिएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ कायम गर्ने सहमति भएको छ । 
 
यसका बाहेक पनि २०७० फागुन ३ गते भएको सम्झौताअनुसार चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वायत्तता दिनेबारे २१ दिनभित्र विश्वविद्यालयको सिनेटमा प्रस्ताव पेस गर्ने, शैक्षिक वर्ष २०७४र७५ देखि विद्यार्थीहरूले चिकित्सा शिक्षाको स्नातक र त्यसभन्दा माथिको तहमा केन्द्रीय योग्यता क्रमअनुसार भर्ना हुँदा कलेजलाई बुझाउनुपर्ने शुल्कको पहिलो किस्ता सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठानको बैंक खातामा सोझै बुझाउने  लगायतका सहमति भएको वार्ता टोलीका एक सदस्यले हाम्राकुरालाई जानकारी दिए । 
 
त्यस्तै, त्रिवि उपकुलपति तथा पदाधिकारीको नियुक्ति विषयमा भने एउटा उच्चस्तरीय छानविन समिति दुई साता भित्र गर्ने सहमति भएको थियो । यो विषयमा सरकार र केसी पक्षबीच कुरा मिलिरहेको थिएन । 
 
यसैगरी, सहमतिमा राष्ट्रिय चिकिस्सा शिक्षा विधेयक २०७३ पारित नहुञ्जेल नयाँ मेडिकल कलेजको निम्ति मनसायपत्र जारी, पुराना आसयपत्र नवीकरण, नयाँ मेडिकल कलेजलाई सम्बन्धत तथा विस्तारित कार्यक्रमको अनुमति कार्य सबै रोक्का गर्ने, दुर्गम र सरकारी विद्यालयमा अध्ययन पूरा गरेका विपन्न विद्यार्थीका लागि छात्रवृत्ति ऐन, २०२१ बमोजिम प्रदान भई आएकोमा थप सुनिश्चितता गरिने र सार्वजनिक शिक्षण संस्थाहरूका चिकित्सा शिक्षाका स्नातक तहमा हाल ५० प्रतिशत सटमा निःशुल्क अध्ययनको व्यवस्था गरिनेछ। यसलाई क्रमशः बढाउँदै शतप्रतिशत पुर्‍याइने लगायतका सहमती भएको ती सदस्यले जानकारी दिए।
 
डा केसीको मागको विषयमा छलफल गरी केसीको अनसन तोडाउनको लागि सरकार र केसी पक्षबीच शुक्रबार राती अबेरसम्म पनि सहमति हुन नसकेपछि शनिबार सम्मकोलागि भन्दै वार्ता स्थगित गरिएको थियो । 
 
केसीले राख्दैआएको माग अनुकूल हुने गरी शुक्रबार चिकित्सा शास्त्र अध्ययन संस्थानको डीन पदबाट डा केपी सिंहले राजीनामा दिएपछि सरकारले शनिबार नै संस्थानमा वरिष्ठताको आधारमा डा. जगदीश अग्रवाललाई नियुक्ति दिएको थियो । यति हुँदा पनि अनसन नतोडेपछि शनिबार राती सरकार र केसीबीच सहमति भएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ