arrow

कृषि क्षेत्रको विकासबिना मुलुकको समृद्धि असम्भव : मन्त्री गिरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
Padam Giri.jpg
फाइल तस्बिर

पर्वत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले कृषि क्षेत्रको विकासबिना मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल किसान महासङ्घ पर्वतको आयोजनामा जलजला गाउँपालिका वडा नं ८ नाङलीवाङको फर्सेमा रोपाइँ मेलामा सम्बोधन गर्दै मन्त्री गिरीले नेपाल कृषि प्रधान देश भए पनि विदेशबाट अन्नपात आयात गरेर उपभोग गर्नुपर्ने अवस्था रहेको बताए । 

उत्पादनमा जोड दिएर कृषि प्रधान देशलाई व्यवहारमा परिणत गर्नुपर्ने उनको भनाइ थियो । कृषि उपजमा आत्मनिर्भर बनाउनका लागि सोहीअनुसारका नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । मन्त्री गिरीले कृषि पेसामा लाग्नेहरूलाई राज्यले उचित प्रोत्साहन गर्नुपर्ने बताए । 

कृषि सम्मानित र आत्मसम्मानको पेसा भएको बताउँदै मन्त्री गिरीले किसानका समस्यालाई पहिचान गरी राज्यले समाधानको प्रयास गर्ने प्रतिबद्धता जनाए ।

उनले कृषि क्षेत्रको विकासबाट मात्रै मुलुकले समृद्धि हासिल गर्न सक्ने बताउँदै किसानलाई समयमै मल, बीउ, यान्त्रिकीकरण, सिँचाइका सुविधालगायत सहजता राज्यले प्रदान गर्नुपर्नेमा जोड दिएका छन ।

उनले धानमात्र नभई सबै खालका अन्नबाली उत्पादनमा जोड दिनुपर्ने धारण राखे । मध्य असारसम्म पर्वतमा जम्मा १५ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । ढिलागरी मनसुन सक्रिय भएका कारण रोपाइँ ढिला भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ