arrow

बालकोटमा ओली र देउवाको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
deuba-oli-balkot.jpg

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार ओलीनिवास बालकोटमा भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुगेका थिए । भेटमा उनहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। 

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उनीहरुबीच समसामयिक राजनीतिक विषय, देशको वर्तमान अवस्था र विभिन्न विषयमा छलफल भएको जानकारी दिए । 

उनले भने, “एमाले अध्यक्ष र कांग्रेसका सभापतिबीच नियमित भेटघाट हो, ठाउँ मात्रै फरक हो, केहीदिन अघि पनि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसहित उनीहरुबीच भेटवार्ता छलफल भएकै हो ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ