arrow
ADVERTISEMENT

सत्ता सञ्चालन र टीआरसीबारे प्रचण्ड र ओलीबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १६ आइतबार
prachanda-oli-81-3-16.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । 

सत्ता साझेदार दुई नेताबीच सरकार सञ्चालन र सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) सम्बन्धी विधेयकबारे छलफल भएको बुझिएको छ ।

यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएपछि राजनीतिक वृत तरंगित भएको छ । 

हालको सत्ता समीकरणमा सरकार विस्तार, बजेटलगायतका विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

त्यसलगत्तै असमझदारी माझ्ने नाममा प्रचण्ड र ओलीबीच छलफल भएको हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ