arrow

कोपा अमेरिकाः भेनेजुएला र इक्वेडर क्वार्टरफाइनलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
copa-america-2024-equador-.jpg

काठमाडौँ । भेनेजुएला र इक्वेडर कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । सोमबार बिहान सम्पन्न समूह चरणका अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो । भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक एक गोल गरेका थिए । यो जितपछि भेनेजुएलाले समुह चरणका तीनै खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको छ ।

त्यस्तै अर्को खेलमा इक्वेडर र मेक्सिको गोलरहित बराबरी खेलेपछि दुवैको ४–४ अंक भएको छ र गोल अन्तरका आधारमा इक्वेडर क्वार्टरफाइनलमा पुगेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिको र चौथो स्थानमा रहेको जमैका समूह चरणबाट बाहिरिएका छन् ।

अब क्वार्टरफाइनलमा इक्वेडरले अर्जेन्टिनाको सामना गर्नेछ । यो खेल जुलाई ४ मा हुने छ । त्यस्तै भेनेजुएलाले भने क्वार्टरफाइनलमा क्यानाडाको सामना गर्ने छ । यो खेल जुलाई ५ मा हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ