arrow

नक्कली सुनको मूर्ति देखाइ ठग्ने पाँच जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
duplicate-gold-81-3-17.jpg

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने मानिसहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरु पाँच जना हुन् ।

जसमा कागेश्वरी मनोहरामा सोफ पसल गरी बस्ने ३१ वर्षे दिनेश न्यौपाने, भारतको उडिसा घर भइ कमलपोखरीमा बस्ने ४० वर्षे कलाकार दासले नक्कली मूर्ति देखाइ ३० लाख ठगेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा दाससँगै म्याग्दीका ६४ वर्षे क्षेत्रबहादुर शाही, धादिङका ३८ वर्षे दिपक थापा, दाङका ३५ वर्षे बसन्त चौधरी र काठमाडौँ चौमती बस्ने ५५ वर्षे रविन महर्जन रहेका छन् । 

उनीहरुको साथबाट प्रहरीले नक्कली सुनको बुद्धको मूर्ति, १४ लाख रुपैयाँ नियन्त्रणमा लिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ