arrow

राहुलले हिन्दूहरुलाई हिंस्रक भनेपछि मोदीको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १७ सोमबार
modi-rahul-2024-7-1.jpg

काठमाडौँ । भारतीय प्रतिपक्ष दलका नेता राहुल गान्धीले नरेन्द्र मोदी सरकारमाथि संविधानको बहानामा आक्रमण गरेपछि मोदीले जुरुक्क उठेर विरोध गरेका छन् ।  

राहुलले पूरा हिन्दू समाजलाई हिंस्रक भनेसँगै मोदीले विरोध गर्दै पूरै हिन्दू समाजलाई हिंस्रक भन्नु गम्भीर कुरा भएको बताए । 

राहुलले भने, ‘मोदीजीले एक दिन एक भाषणमा भन्नुभएको थियो कि भारतले कसैलाई पनि हमला गरेको छैन । यसको कारण हो हिन्दूस्तान अहिंसाको देश हो । यो डराउँदैन । हाम्रा महापुरुषहरुले सन्देश दिएका छन् – नडराउ, अरुलाई नडराउनु । शिवजी भन्नुहुन्छ –नडराउ, अरुलाई नडराउनु र त्रिशूललाई जमीनमा गाड्नु हुन्छ । दोस्रोतर्फ जसले आफूले आफूलाई हिन्दू भन्नुहुन्छ उनीहरु २४ ऐ घण्टा हिंसा–हिंसा–हिंसा...–घृष्णा–घृष्णा–घृणा....तपाईंहरु हिन्दू हुँदै होइन । हिन्दू धर्ममा स्पष्ट लेखिएको छ सत्यको साथ दिनुपर्छ ।’

कांग्रेस आईका नेता राहुल गान्धीले हिन्दूधर्मीमाथि पछिल्लो समय असहिष्णु व्यवहार देखाउँदै आएका छन् । 

राहुलको टिप्पणीपछि प्रधानमन्त्री मोदी आफ्नो कुर्सीमा खडा भएर यसलाई गम्भीर कुरा भने । उनले पूरै हिन्दू समाजलाई हिंस्रक भन्नु गम्भीर विषय भएको बताए । 

त्यसपछि राहुलले मोदी र उनको पार्टी भाजपा पूरा हिन्दू समाज नभएको बताए । 

त्यसैगरी गृहमन्त्री अमित शाहले विपक्ष नेताले जे भने यसको माफी माग्नु पर्ने बताए । उनले भने, ‘यस धर्ममाथि करोडौँ मानिसले गर्व गर्दै हिन्दू भन्छन् । म उहाँलाई भन्न चाहन्छु कि इस्लाममा अभय मुद्रामा एक पटक इस्लामिक विद्धानहरुको सुझाव लिनुस् ।

शाहले राहुलले माफी माग्नुपर्ने मागसमेत गरेका छन् । उनले हिंसालाई कुनै पनि धर्ममा लगेर जोड्नु गलत भएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ