arrow

संसद फेरि अवरुद्ध : संशोधन विधेयक फिर्ता नलिएसम्म एमालेले टेबल ठटाउन नछाेड्ने

संसदको अर्को बैठक वुधबार

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
sansad-nirwachan-aa.-jpg.jpeg

काठमाडौं । एमालेसहित प्रतिपक्षी दलहरुको अवरोधका कारण आइतबारको व्यवस्थापिका संसद बैठक पनि रद्द भएको छ । दिउँसो संसद भवन नयाँबानेश्वरमा बसेको बैठकमा प्रमुख विपक्षी एमाले, नेपाल मज्दुर किनसान पार्टी, माले, राष्ट्रिय जनमोर्चा र नेपाः पार्टीले सरकारले ल्याएको संविधान संशोधनको विरोध गरे ।

उनीहरुले लगातार यो तेस्रो पटक बैठक अवरुद्ध पारेका हुन् । प्रमुख विपक्षी एमालले विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान कायमै राखेको छ । आइतबार पनि विपक्षी दलका सांसदले बैठक विषय सूचीमा प्रवेश गर्न दिएनन् । एमाले सचेतक गोकुल प्रसाद घर्तीले पिधेयक फिर्ता नलिएसम्म आफुहरुले टेबल ठोकेर संसद अवरुद्ध पार्ने गतिविधि नरोक्ने बताए ।  

सरकारले मंगलबार राति अबेर संसद सचिवालयमा प्रस्ताव दर्ता गरेपछि विहिबार र शुक्रबार लगातार बैठक अवरुद्ध गरेका विपक्षीहरुले विधेयक राष्ट्रहित विपरीत रहेको भन्दै सदन र सडकमा विरोध गर्दै आएका छन् ।

आइतबारको बैठकमा गएको विहिबारकै कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । बैठकमा निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविद्धको महाभियोबारेको छलफल टुंग्याएर महाभियोग सिफारिस समितिमा पठाउने कार्यसूची थियो । स‌ंसदकाे अवराेधले कार्कीविरुद्धकाे महाभियाेग छिनाेफानाे लम्बिएकाे छ । संसदको अर्को बैठक अब बुधरबार बस्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ