arrow

माओवादी केन्द्रको रटान : स्थानीय तहको निर्वाचन

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
maobadi-center-lajimpat.jpeg

काठमाडौं । संविधान संशोधन विधेयक दर्ता भएसँगै सत्ताधारी माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको छ । प्रधानमन्त्री एवं केन्द्रका अध्यक्ष रहेका पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालय हेडक्वार्टर बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठनात्मक संरचना तयार गर्ने निर्णय गरेको छ ।

सरकारले आगामी चैतको अन्तिम साता  स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने तयारी गरिरहेका बेला निर्वाचनलाई नै केन्द्रित गरेर सङ्गठनात्मक संरचना एवं नीति तथा कार्यक्रम तयार पार्ने माओवादीको तयारी छ ।

बैठकले निर्वाचन केन्द्रित कार्ययोजना ल्याउने निर्णय गरेको हो । संविधान कार्यान्वयनका लागि पहिलो चरणमा स्थानीय तहको निर्वाचन गर्नै पर्ने बाध्यात्मक अवस्था रहेकाले बैठकले मुख्य दलहरुको सहमतिमा केही दिनभित्रै निर्वाचनको मिति तोक्ने तयारीमा जुटेको, त्यसका लागि पार्टीको सङ्गठनात्मक संरचना चुस्त दुरुस्त बनाउने र निर्वाचन केन्द्रित गर्ने विषयमा आफूलाई केन्द्रित गरेको पार्टी प्रवक्ता पम्फा भूषालले जानकारी दिइन् ।

शनिबार बसेको केन्द्रीय कार्यालय र पोलिटब्यूरोको बैठकमा समेत निर्वाचनको मिति घोषणा गरेर जाने विषयमा नै छलफल भएकाले अब बस्ने पोलिटब्यूरोको बैठकले त्यस सम्बन्धमा थप ठोस धारणा सार्वजनिक गर्ने छ । बैठकपछि प्रवक्ता भूषालले हेडक्वार्टर बैठकमा पोलिट्ब्यूरोमै आगामी स्थानीय तहको निर्वाचन लक्षित सङ्गठनात्मक कार्ययोजना यकिन गर्ने गरी  छलफल भएको जानकारी दिइन् ।

प्रवक्ता भूषालले भनिन्, ‘आजको बैठक राजनीतिक विषयमा प्रवेश गरेन, पार्टीको आन्तरिक सङ्गठनात्मक विषयमा केन्द्रित रह्यो । पोलिटब्युरो संख्या र आगामी कार्ययोजनाबारे बैठकमा छलफल गरियो । अन्तिम निर्णय पोलिटब्यूरो बैठकले गर्नेछ ।’’ यस्तै बैठकमा संविधान संशोधन प्रस्तावपछिको अवस्था र सरकारको कामकारबाहीका विषयमा समेत छलफल भएको बताइएको छ । पोलिटब्युरोको बैठक आइतबारै फेरि बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ