arrow

इजरेल हमासको सशस्त्र बललाई समाप्त गर्ने अन्तिम चरणमा छ- नेतान्याहू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
Benjamin-netanyahu.jpg

काठमाडौँ । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो देश गाजा पट्टीमा हमासको सशस्त्र बललाई समाप्त गर्ने अन्तिम चरणमा रहेको बताएका छन् । 

नेतान्याहुले इजरेलको नेशनल सेक्युरिटी कलेजका क्याडेटहरूसँगको भेटमा हमासको उन्मुलनको काम पूरा गर्नेतर्फ अघि बढिरहेको बताए । 

गाजा डिभिजनको भ्रमण गरेको र रक्षा मन्त्री योभ ग्यालान्ट र सेनाको वरिष्ठ कमान्डसँग गाजामा इजरेलको नौ महिना लामो आक्रमणमा रफाहमा लडाइँमा जोड दिएर सुरक्षा मूल्याङ्कन बैठक गरेको एक दिनपछि नेतान्याहूको अनुमान आएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ