arrow

कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगे उरुग्वे र पानामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
copa-america-2024-urug.jpg

काठमाडौँ । उरुग्वे र पानामा कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । मंगलबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा उरुग्वे र पानामाले आ–आफ्नो खेल जितेर प्रतियोगिताको क्वार्टारफाइनलमा पुगेका हुन् ।

उरुग्वेले आफ्नो समूह चरणको अन्तिम खेलमा अमेरिकालाई १–० गोल अन्तरले पराजित गरेको थियो । उरुग्वेको जितमा खेलको ६६औँ मिनेटमा माथियास ओलिभेराले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

यो जितपछि उरुग्वेले समूह चरणका तीन ओटै खेल जितेर समूह सी मा शिर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा गाउँ बनाएको हो । 
 
त्यस्तै समूह सीको आजै सम्पन्न अर्को खेलमा पानामाले बोलिभियालाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । यो जितपछि पानामाले ३ खेलमा दुई जितसहित ६ अंक हासिल गर्दै समूह सी मा दोस्रो भएर क्वार्टरफाइनलमा पुगेको छ ।

योसँगै समूह सी बाट अमेरिका र बोलिभिया प्रतियोगिताबाट बाहिरिएका छन् । अब क्वार्टरफाइनलमा उरुग्वेले समूह डी को उपविजेता र पानामाले समूह डी को विजेतासँग खेल्ने छ ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ