arrow

भुटानी शरणार्थी प्रकरणमा बादलका छोरा प्रतीकलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
badal-pratik.jpg
तस्बिर – फाइल, बादलसँग उनका पुत्र प्रतीक ।

काठमाडौँ । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापालाई काठमाडौँ जिल्ला अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित रहेका थापालाई गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो । 

यस प्रकरणमा थापासहित ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

लामो समयसम्म फरार थापालाई प्रहरीले पक्राउ गरे लगत्तै प्रक्रिया अगाडि बढाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ