arrow

नूनको मूल्य बढायो साल्ट ट्रेडिङले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
salt-trading-corporation.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नूनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको बैठकले नूनको मूल्य ३ रुपैयाँले बढाएको जानकारी दिएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार नूनको मूल्‍य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । नयाँ मूल्‍यसुची अनुसार अब प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नूनको २६ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै न्यू शक्ति नूनको मुल्य प्रतिकिलो २० रुपैयाँ पर्ने भएको छ । यसअघि न्यू शक्ति नूनको उपभोक्ता मूल्य १७ रुपैयाँ थियो ।

यस्तै भानु नूनको मूल्य भने  यथावत् राखेको साल्ट ट्रेडिङले जनाएको छ । साल्ट ट्रेडिङले भानु नून प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।

साल्ट ट्रेडिङले भानु नून दुर्गम जिल्लाका उपभोक्ताहरुलाई मात्र सहुलियत रुपमा उपलब्ध गराउँदै आएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ