arrow

ब्रजिललाई रोक्दै कोलम्बिया कोपा अमेरिकाको क्वार्टरफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
copa-america-2024-bra-col.jpg

काठमाडौँ । कोलम्बिया र ब्रजिल कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् ।

बुधबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा कोलम्बिया र ब्राजिल १–१ गोलको बराबरीमा रोकिएसँगै समूह डीबाट दुवै टिम क्वार्टरफाइनलमा पुगेका हुन् ।

यस खेलमा ब्रजिलले खेलको १२ औँ मिनेटमा राफिन्हाको गोलमा शुरुआती अग्रता लिए पनि खेलको ४५औँ मिनेटपछिको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोको गोलमा कोलम्बियाले बराबरी गरेको थियो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीपछि समूह डी मा कोलम्बिया २ जित र एक बराबरीसहित ७ अंक हासिल गर्दै शीर्ष स्थानमा रहेर क्वार्टरफाइनलमा पुगेको छ । त्यस्तै ब्रजिलको ३ खेलमा एक जित र २ बराबरीसहित ५ अंक रहेको छ र दोस्रो हुँदै क्वार्टरफाइनलमा पुगेको छ ।

समूह डी मा रहेका कोस्टारिका र पराग्वे भने समूह चरणबाटै बाहिरिएका छन् ।

अब क्वार्टरफाइनलमा ब्रजिलले उरुग्वेको सामना गर्ने छ भने कोलम्बियाले पानामाको सामना गर्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ