arrow

जसले आफ्नो ट्याक्सीलाई बनाए मोबाइल पुस्तकालय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
library-rural-Kashmir.jpg

काठमाडौँ । उत्तरी इजिप्टको अलेक्जान्ड्रियाको तटीय गभर्नोरेटको सडकमा धेरै यात्रुहरूले ट्याक्सीमा राखिएका विभिन्न पुस्तकहरू पढ्ने गर्दछन् ।

 ट्याक्सी चालक मोहम्मद अजामले मानिसहरूलाई पढ्न प्रोत्साहित गर्न हप्ताको तीन वा चार दिन आफ्नो ट्याक्सीलाई मोबाइल पुस्तकालयमा परिणत गरेका छन् । आफूलाई बाल्यकालदेखि नै पढ्न मन परेको र मोबाइल ट्याक्सी पुस्तकालय पहल गर्ने निर्णय गर्नुको कारण यही रहेको बताए । ४२ वर्षीय अजामले आफ्ना पुस्तकहरूमा पैदल यात्रीहरूको रुचि देखेर सन्तुष्ट भएको बताए । 

अज्जमले आफ्नो गैर–कामको समयमा मानिसहरूलाई पुस्तकहरू उपलब्ध गराए । उनीहरूलाई प्रत्येक पटक तीन घण्टासम्म पढ्न अनुमति दिएका छन्। 

तीन वर्ष अघिको पहललाई अगाडि बढाउँदै ट्याक्सी चालक अब अलेक्जान्ड्रियामा व्यापक रूपमा परिचित भएको छ । यो पहल शुरु गर्नुको मुख्य कारण इन्टरनेट र सामाजिक सञ्जालको फैलावटपछि मानिसमा पढ्न नचाहेको बताए ।

मोबाइल पुस्तकालयको भ्रमण गरेका उच्च माध्यमिक विद्यालयका विद्यार्थी महमूद अब्दोले भने यस्तो पहलले धेरै मानिसहरूलाई आकर्षित गर्ने बताए ।

अज्जमले अलेक्जान्ड्रिया भित्र थप साना पुस्तकालयहरू खोलेर र अरूलाई आफूसँग सामेल हुन आमन्त्रित गरेर पहललाई बढवा दिन चाहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ