arrow

बाबुराम र उपेन्द्र जोडी बाँधेर बालुवाटार छिरे

मुस्कान छर्दै निस्किए

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
PM-sang-baburam-upendrako-jidi.jpeg

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारै पुगेर भेटेका छन् । भेटमा तीनै जना नेताबीच समसामयिक राजनीतिक विषयमा कुरा भएकाे प्रधानमन्त्रीकाे निजी सचिवालयले जनाएकाे छ ।

केही दिन अघि मात्रै भट्टराई र यादवले आदिवासी, जनजाती लगायत अल्पसंख्यकका माग सम्बोधन हुने गरी संविधान संशोधन हुनु पर्ने भन्दै संयुक्त वक्तव्य निकालेकामा आइतबारसँगै प्रधानमन्त्री भेट्न पुगेका हुन् ।

बैठकमा भट्टराई र यादवले सबैका माग सम्बोधन गर्ने गरी संविधान संशोधन परिमार्जन गर्न आग्रह गरेका र जवाफमा प्रधानमन्त्री दाहालले आफुहरुले जतिसक्दो कसरत गरे संशोधन विधेयक ल्याएको र यो भन्दा बढी गर्नलाई संसदमा दुई तिहाई पुग्नु पर्ने बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले हाम्राकुरालाई जानकारी दिए ।

आचार्यका अनुसार प्रधानमन्त्री दाहालले संविधान संशोधन, स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयनमा सघाउन दुवै नेतालाई आग्रह समेत गरे । भेटपछि दुवै नेला हसिलो मुद्रामा बालुवाटारबाट निस्केको प्रेस सल्लाहकार आचार्यले सुनाए ।

भट्टराई र यादव दुवैले कार्यगत एकता गर्ने गरी राजनीतिक भेटघाट र सहकार्य बढाउँदै लगेका छन् । भट्टराई र यादवको नजिकपनले यादव नेतृत्वको संघीय गठबन्धनका अन्य दलहरु भने चिडाएका छन् ।

मधेस केन्द्रित दलहरुलाई भट्टराई गठबन्धनतिर नजिकिएको मन परेको छैन । तराई मधेउ सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले त मुखै फोडेर बाबुराई भट्टराई गठबन्धनतिर आए आफुहरु पूर्ण रुपमा धरासायी हुने र भाँड भैलो मच्चिने बताएका छन् । हाम्राकुरासँगको कुराकानीका क्रममा अध्यक्ष यादवले त्यसो भनेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ