arrow

सम्भावित जोखिमलाई न्यूनीकरण गर्न रेडक्रसले सबै जिल्लाहरूमा खटायो स्वयंसेवक [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
bhupendralal-red-cross.jpg

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ । रेडक्रसले यस वर्ष अत्यधिक वर्षा हुने मौसम विज्ञहरूको पूर्वानुमानसँगै सबै जिल्लाहरूमा आफ्ना तालिमप्राप्त स्वयंसेवकहरू खटाइ विपद् पूर्व तयारीका कामहरू अघि बढाएको जनाएको हो ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले पछिल्लो समय मनसुन भित्रिसकेको र बढी वर्षा हुने आँकलनबीच हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न विपद् पूर्व तयारीका कामहरू पनि अघि बढाएको बताए । रेडक्रसले विपद् पूर्व तयारी स्वरूप रेडक्रसले मनसुन पूर्व तयारी योजना निर्माण गरेको बताए । उनले मनसुन पूर्व तयारीका सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट ७७ वटै जिल्लामा रहेका तालिमप्राप्त स्वयंसेवकहरूको विवरण परिचालनका लागि अद्यावधिक गर्ने काम सम्पन्न भएको जानकारी दिए । 

उनले सातै प्रदेश र ७७ वटै जिल्लामा मनसुनको पूर्व तयारीको लागि अभिमुखीकरण सम्पन्न भइसकेको बताए । उनले मजुङ, मोरङ, सुनसरी, रोल्पा, ओखलढुङ्गा, झापा, कास्की, दाङ, ताप्लेजुङ लगायतका जिल्लामा ठूलो मनसुनको प्रभाव देखिएको र ती जिल्लाहरूमा भएका क्षतिमा रेडक्रसले राहत सामग्रीहरू प्रदान गरिसकेको पनि बताए । सात प्रदेश, ७७ जिल्लामै पूर्वतयारीअन्तर्गत राहत सामग्री भण्डारणहरू भइसकेको र नेपाल रेडक्रस सोसाइटी मनसुनबाट हुने क्षति कम गर्न पूर्व तयारीका कामहरू गरिरहेको बताए । सबै स्वयंसेवकहरू तयारी अवस्थामा रहेको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ