arrow

सहकारी संस्थाले ऋणीको कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने, दोहोरो नेतृत्व त्याग्न एक महिने अल्टिमेटम 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
sahakari-bibhag.jpeg

काठमाडौँ । दुई वा दुईभन्दा बढी सहकारी संस्थामा सञ्चालक तथा पदाधिकारीको हैसियतमा रहेका व्यक्तिले एक महिनाभित्र एउटा मात्रै संस्था रोज्नुपर्ने भएको छ । सहकारी विभागले बुधबार सहकारी संस्थाहरुका लागि निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले जारी गरेको निर्देशनमा तीस दिनभित्र एउटा मात्रै संस्थाको सञ्चालक पद कायम राखी अरु संस्थाको त्याग गर्न भनिएको हो । 

सहकारी ऐनको दफा ४१ को उपदफा ५ ले एकै व्यक्ति एकै समयमा एउटा मात्रै सहकारी संस्थाको सञ्चालक बन्न पाउने व्यवस्थाबारे स्मरण गराउँदै घिमिरेले सो अवधिसम्म दोहोरो सञ्चालकको जिम्मेवारी नत्यागे कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।  

कर्जाको पुनर्तालिकीकरण गर्न निर्देशन

त्यस्तै सहकारी संस्थाबाट लिइएको ऋणलाई तोकिएको शर्तबमोजिम पुनर्तालिककीकरण गर्न समेत विभागले निर्देशन दिएको छ । यस अनुसार सदस्यको माग, आवश्यकता र औचित्य बमोजिम खराब सूचीमा नपारेका ऋणीलाई पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी ब्याज र साबाँलाई तीन महिनाका लागि पुनर्तालिकीकरण गर्न निर्देशन दिइएको छ । 

तर, त्यसरी पुनर्ताएलिकीकरण भएको रकमबापतको राइटअफ रकम भने छुट्टै जम्मा गरेर राख्नुपर्ने व्यवस्था विभागले गरेको छ । त्यस्तै, सहकारी संस्थाले साउन १५ सम्म संकलन गरेको ब्याज रकम यही आर्थिक वर्षभित्रको आयामा समावेश गर्न पाउने व्यवस्था समेत विभागले गरेको छ ।
 



नयाँ