arrow

उपमहानगरका विभिन्न स्थानमा सीसीटीभी जडान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
hikvision-cctv-camera.jpg

जनकपुर । मधेस प्रदेश राजधानी जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न स्थानमा सीसीटीभी जडान गरिएका छन् ।

सुरक्षा व्यवस्था थप चुस्त बनाउन हालसम्म जनकपुरधामका वडा नं २ मा २० र वडा नं ३ मा १० वटा सीसीटीभी जडान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 जनकपुरधाम उपमहानगरपालिकाले सीसीटीभी जडानका लागि वडा नं २ मा रु १० लाख र वडा नं ३ मा रु पाँच लाख बजेट छुट्याइएको थियो ।

सीसीटीभी जडानले आपराधिक घटनाको न्यूनीकरण तथा अपराधीको पहिचानमा सहयोग पुग्ने धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ