arrow

रुवान्डामा ४५ हजार सिट क्षमताको फुटबल रङ्गशाला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
Rwanda.png

काठमाडौँ । रुवान्डाका राष्ट्रपति पाउल कागामेले राजधानी किगालीमा ४५ हजार सिट क्षमताको रङ्गशालाको अनावरण गरेका छन् । 

कागामेको साथमा अफ्रिकी फुटबल सङ्घ (सीएएफ) का अध्यक्ष प्याट्रिस मोत्सेपे हजारौँ फुटबल प्रशंसक र रङ्गशालामा उपस्थित भएका थिए । 

उद्घाटन कार्यक्रममा २०२३-२४ रुवान्डा प्रिमस राष्ट्रिय लिग च्याम्पियन आर्मी प्याट्रिओटिक रुवान्डा फुटबल क्लव (एपीआर एफसी) र पीस कप विजेता पुलिस फुटबल क्लव (पुलिस एफसी) बीचको मैत्रीपूर्ण खेल पनि देखाइएको थियो ।

राष्ट्रपति कागामेले आफूहरू अझै धेरै काम गर्नका लागि सरकारमा रहेको बताए । युवा फुटबल प्रतिभाको लागि कुनै बहाना नबनाइ काम गर्ने बताए । 

अमाहोरो रङ्गशालाको मर्मतअघि २५ हजार दर्शक क्षमता थियो । यस रङ्गशालाले यसअघि नै अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्न फिफाबाट स्वीकृति प्राप्त गरिसकेको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ