arrow

एसले प्रचण्डलाई विश्वासको मत दिन्छ-घनश्याम भुषाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
ghanashayam-bhushal-03-20.jpg

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का निःवर्तमान महासचिव घनश्याम भुषालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् । बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निःवर्तमान महासचिव भुसालले आफूहरु पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए । 

उनले प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको बताए । पार्टीको नेतृत्व सर्वसहमतीमा टुंग्याउने प्रयास भइरहेको बताएका हुन् । उनले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकतावद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरुको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरु त्यसै अनुरुप अगाडी बढेको बताए । नेतृत्व सर्वम्मत चयन गर्नका लागि समय लागेको भन्दै परिणाम भने राम्रै आउने उनको भनाई छ ।

उनले भने – ‘महाधिवेशनबाट हामी निक्लदा एकतावद्ध, उत्साहित भएर कसरी निक्लन सक्छौँ भन्ने बारेमा हामीले छलफल गर्दै छौँ । सबै प्रतिनिधिहरुको चासो, चिन्ता, सङ्कल्प, प्रयत्न त्यही नै हो । त्यसमा हामी निराश छैनौँ । अलिकति समय लागेको छ, तर परिणाम राम्रै आउँछ भन्ने मलाई लाग्छ । निर्वाचन हुँदा पनि हामी सर्वसहमतीमै निर्वाचनमा जान्छौँ । निर्वाचनको मूल्य, प्रक्रिया मानेरै जान्छौँ । सकेसम्म त्यो पनि नहोस् भन्ने कुरा त हामीले पहिलेदेखि नै भन्दै आएका छौँ । निर्वाचनमा जान नपरिकन सर्वसम्मतीमै सबै मामिला टुंगिउन भन्ने हाम्रो प्रयत्न छ । त्यसमा अहिलेसम्म पनि हामी निराश छैनौँ । हामी सहमतीका लागि प्रयत्न गर्दैछौँ । हामी निराश छैनौँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ